दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।
काठमाडौँ– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरायलमा केही नेपाली घाइते भएका छन्। घाइते हुनेमा कृषिमा प्रशिक्षार्थीका रूपमा गएका नेपाली रहेको तेल अवीवस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
नौ जना जति घाइते भएको भनिए पनि यकिन नभएको दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए। “गाजापट्टीको क्षेत्रमा आक्रमण भएको हो, ८/९ जना जति घाइते भएको भन्ने आए पनि यकिन तथ्यांक अहिले नै भन्न सकिन्न,” उनले उकालोसँग भने, “११ महिने कृषि तालिममा आएका विद्यार्थी कार्यरत रहेको क्षेत्रमा आक्रमण भएको छ।”
दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। अहिले पनि आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।
अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको दूतावासले जनाएको छ। त्यस्तै, दूतावासले समस्यामा परेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
इजरायल नेपालीहरूको रोजगार गन्तव्य देश पनि हो। पछिल्लो समय केयर गिभरमा एक हजारभन्दा धेरै नेपाली इजरायल गएका छन्। तर ती श्रमिक भएको क्षेत्रमा भने हमला नभएको दूतावासले जनाएको छ।
हमासको आक्रमणबाट हालसम्म ४५ जनाको मृत्यु भएको र ८०० व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ। हमासले शनिबार हवाई, समुद्री र स्थलबाट गरेको आक्रमणपछि इजरायली सेनाले हमाससँग युद्ध गरिरहेको बताइएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘इजरायल युद्धमा रहेको’ बताउँदै अचानक गरेको आक्रमणको आतंककारी समूहले अभूतपूर्व मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
विश्व समुदायले इजरायलमाथि आक्रमणको निन्दा गर्दै स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै थप रक्तपात हुन नदिन त्यस क्षेत्रका प्रमुख देशहरूलाई आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
