वर्षाका कारण काटेर सुकाएको धान खेतमै उम्रिन थालेको छ। काट्न बाँकी धान पनि सबै लडाएको किसानले बताएका छन्।
भरतपुर– केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ। पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएको धान नष्ट भएको हो।
धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशत हाराहारी धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए। “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन,” उनले भने, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ।” उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न शुरू हुन्छ।
केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए। यतिखेर पूर्वी चितवनमा धान काट्ने समय भएको छ। त्यहाँका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्छन्।
निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए। “मैले दुई बिघामा धान लगाएको हो। त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ,” खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उनले भने, “पानीमा डुबेर धान उम्रिएको छ। धान रोप्न गरेको २५ हजार रुपैयाँ लगानी नै खेर गयो।”
शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोपेका थिए। केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताइन्।
“मेरो खेत नै यति मात्रै। उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो,” उनले भनिन्, “मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु।” काट्न १० जना खेताला लागेको मधुमायाको भनाइ छ।
समयमा नै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन्।
“घरमा छोराछोरी छन्। अरू कमाई छैन। यही खेती गरेर खाने हो,” शरणपुरकी शिला लामिछानेले भनिन्, “वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो।” चितवनमा २७ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
