गाजापट्टीमा इजरायलको जवाफी आक्रमण: २३० जनाको मृत्यु

इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर आश्रयस्थलमा शरण लिन आग्रह गरेको छ। 

तस्वीर: ईपीए

हमासको आक्रमणपछि इजरायलले गाजापट्टीमा जवाफी हवाई आक्रमण गरेको छ।

आक्रमणमा २३० भन्दा बढी गाजानी मारिएका छन् भने एक हजारभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। 

अधिकारीहरूका अनुसार इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर आश्रयस्थलमा शरण लिन आग्रह गरेको छ। त्यसपछि दर्जनौँ परिवार संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आश्रय लिन थालेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकुमाथि शक्तिशाली बदला लिने चेतावनी दिएका छन्। उक्त समूहसँग युद्ध भइरहेको नेतन्याहुको भनाइ छ। 

इजरायलमा शुक्रबार रातिदेखि प्यालेस्टिनी लडाकु समूह हमासले लगातार रकेट आक्रमण गरेको थियो। हमासले हवाई, समुद्री र स्थल आक्रमण गरेको हो।