जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ।

काठमाडौँ– जनकपुरस्थित बिग मार्टमा शनिबार राति आगलागी भएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ।

आगलागीबाट मार्टमा रहेका सबै सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले बताए। आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ। 

“हामी मार्टको दोस्रो तलामा सुतेका थियौँ। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ,” उनले भने।

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन।