विद्युत् उत्पादनको क्षमता वृद्धि गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए
काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेकाे बताएका छन्। आइतबार 'बीआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल' विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बीआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरूप दुवैका साझा संयन्त्रहरूलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको उनकाे भनाइ थियाे। उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रूपमा लगानी भित्र्याउन नसकेको उल्लेख गरे। साथै, नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम गर्न सरकार प्रतिबद्ध रहेकाे बताए।
"अब बीआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बीआरआईसम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी छ। यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो," उनले भने, "चिनियाँ पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनु हुनेछ। हामीबीच विन–विनको सम्बन्ध बिस्तार गरी दुवै देशका हीतको प्रवर्द्धन गर्न सकिने ठूलो सम्भावना छ। यो सम्भावनालाई पूराका पूरा अवसरमा बदल्नुछ।"
यस्तै, प्रधानमन्त्री दाहालले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पुँजीको आवश्यकता रहेको बताए। उनले विद्युत् व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको जानकारी दिए।
नेपाल सम्पन्न नभइकन नेपालका कुराहरू शक्तिशाली देशलाई सुनुवाइ गर्न कठिन हुने भन्दै यसबारेमा आफूले विभिन्न समयमा चीन र भारतका राष्ट्रप्रमुखसँग छलफल गरिसकेको उनकाे भनाइ थियाे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
