सरकारले विज्ञप्ति जारी गरेर र संसद्मा घटनाको विवरण सुनाएर मात्रै नपुग्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले नेपालीको जीवनरक्षाका लागि प्रधानमन्त्रीले इजरायली समकक्षीसँग सिधा संवाद गर्नुपर्ने बताए।
काठमाठडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी सैन्य समूह हमासको आक्रमणको चपेटामा परेका नेपालीको उद्धार र जीवनरक्षा गर्ने कार्यमा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले हमासको आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग तत्काल संवाद गर्नुपर्ने बताए।
उनले आक्रमणमा परी घाइते भएका नेपालीको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए। विदेशमा रहेका नागरिकको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाइ थियो।
“देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्यो। हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवनरक्षा हुनुपर्यो। उनीहरूलाई उद्धार गर्नुपर्यो। उनीहरूको उपचारको काम तुरुन्त हुनु पर्यो,” उनले भने। सरकारले विज्ञप्ति जारी गरेर र संसद्मा घटनाको विवरण सुनाएर मात्रै नपुग्ने भन्दै उनले प्रधानमन्त्री दाहालले इजरायली समकक्षीसँग सिधा–सिधा छलफल गर्नुपर्ने उल्लेख गरे।
हाल यूएन महासभाका बैठकहरू चलिराखेको उल्लेख गर्दै त्यहाँ नेपालका प्रतिनिधिहरूले इजरायलमा नेपालीहरूले भोगेका पीडाबारेका विषयहरू उठाउनु पर्ने उनको भनाइ छ। “यूएनको ध्यानाकर्षण गराउनु पर्यो। र, हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीको जीवनरक्षाका लागि लाग्नुपर्यो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
