सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्य उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमाभित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैँले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
“सरकार आफैँले गर्नुपर्ने आर्थिक वृद्धिको काम केही पनि भएको छैन। कसिलो आयात र मौद्रिक नीतिले गर्दा खेरी शोधनान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका कामचाहिँ कत्ति पनि नभएकोतर्फ ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने, “धेरै कुराहरू असारसम्म गर्ने भनिएको थियो। केही कुराहरू साउनसम्म गर्छु भनिएको थियो। विभिन्न म्यादहरू कुनै पनि पूरा भएका छैनन्। हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो। तर त्यो स्पिरिट अनुसार काम भएको छैन।”
सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरू ल्याएको भन्दै स्वागत गरे। उनले मुलुकको आर्थिक दुरावस्थाका लागि राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनुपर्ने बताए।
सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्य उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
