सांसद शंकर भण्डारीले बेनामी उजुरीको कारण अराजकता बढेको र सरोकारवाला निकायको काममा ढिलाइ भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे।
काठमाडौँ– सांसद शंकर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा व्यवस्था गरिएको बेनामी उजुरी गर्ने व्यवस्था हटाउनुपर्ने माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा परेका बेनामी उजुरीको कारण अराजकता बढेको र उक्त निकायको काममा ढिलाइ भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे।
“पछिल्लो समय बेनामी उजुरीको कारणले धेरैजसो विकास निर्माण कार्यमा अवरोध पुगेको र अख्तियारद्वारा समयमै आयोगमा परेका उजुरीहरूको निवारण नभएकोले गर्दा हाम्रो विकास निर्माण कार्य अस्तव्यस्त हुन पुगेको अवस्थालाई मध्यनजर राख्दै नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि अनियमितताको नियन्त्रण तथ्यको आधारमा हुनुपर्छ। जसलाई जे मन लाग्यो त्यसको आधारमा बेनामी उजुरी हाल्दा अराजकता बढाएको र विकासलाई अवरुद्ध गरेको कारणले बेनामी उजुरीको व्यवस्थालाई हटाउनुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
