लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन।
काठमाडौँ– शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.६७ अंक घटेको छ। परिसूचक १.८२ प्रतिशतले घटेर एक हजार ९२१.२४ को बिन्दुमा कायम भएको हो।
पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन। नेपाल राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको थियो।
यसअघि शेयर धितो कर्जाका रूपमा समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो। त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ बनाइएको छ। शेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो।
आइतबार २८९ कम्पनीको ५८ लाख १५ हजार १८९ कित्ता शेयर ५९ हजार १७१ पटक खरिदबिक्री हुँदा एक अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ बराबरको कारोबार भएको छ। आइतबार सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २.७२ र होटल तथा पर्यटन समूह २.३५ प्रतिशतले घटेको छन्।
आइतबारको कारोबारमा १६ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डिबेन्चर– २०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ६ करोड ७३ लाख ८१ हजार ५६९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सानिमा बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख ५० हजार कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
