लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक भएको छ।
काठमाडौँ– लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक भएको छ।
उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति सार्वजनिक गरेका हुन्। कृति डिजिटल माध्यमबाट सार्वजनिक गरिएको हो।
“यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन्, जसलाई म मेरा पाठकहरूसँग साझा गर्न चाहन्छु,” लेखक बुद्धिसागर भने।
पुस्तक ‘उसले दिएको उमेर’ मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ।
‘उसले दिएको उमेर’ बुद्धिसागरको पाँचौँ कृति हो। सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अंग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ। उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासंग्रह ‘बुद्धिसागरका कविता’ प्रकाशित छन्।
कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको थियो। ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
