भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराबाहेक उनका छोरा राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
काठमाडौँ– विद्युतीय चुरोट (भेप)मार्फत नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अनुसन्धान प्रतिवेदन बुझाएको छ। यो प्रकरणमा दोस्रोपटक अनुसन्धान गरेको सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौँलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबाहेक चार जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउन राय दिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पूर्वसभामुख समेत रहेका महरा पनि यो प्रकरणमा जोडिएको यसअघिको सीआईबीको अनुसन्धानबाट खुलेको थिए। तर, सीआईबीले उनलाई प्रतिवादी बनाएको छैन। यद्यपि, सीआईबीले उनीसँग बयान भने लिएको थियो।
सीआईबीले महरालाई प्रतिवादी नबनाए पनि उनका छोरा राहुललाई प्रतिवादी बनाउन राय दिएको छ। भदौ १३ गते पक्राउ परेका राहुलको भेपमार्फत नौ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन लगायतसँग सम्पर्क देखिएको सीआईबीको अनुसन्धानले देखाएको छ।
प्रहरीले वाङ र उनका सवारीचालक लोकेन्द्र पौडेललाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ। प्रहरी अधिकारीका अनुसार बेल्जियम नागरिक दावा छिरिङलाई समेत मुद्दा चलाउन सिफारिस गरिएको छ। उनी ६० किलो सुन प्रकरणमा यसअघि नै पक्राउ परेका थिए। हाल पुर्पक्षका लागि उनी थुनामा छन्।
गत पुसमा विद्युतीय चुरोटमा लुकाएर ९ किलो सुन तस्करी भएको थियो। अनुसन्धानका क्रममा कृष्णबहादुर महराको भने कुनै संलग्नता नदेखिएकाले मुद्दा चलाउन सिफारिस नगरिएको सीआईबीका एक अनुसन्धान अधिकृतले जानकारी दिए।
विमानस्थल भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा सुन चोरी भएको अनुसन्धानका क्रममा यसअघि नै खुलेको थियो। पहिलो चरणको अनुसन्धानमा चोरीमा संलग्न भएका कर्मचारीमाथि अनुसन्धान भएको थियो।
विमानस्थल भन्सारका नासु रेवन्त खड्का, सुरक्षागार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। यो प्रकरणमा जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने फरार रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
