प्राधिकरणले टेलिकम कम्पनीले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले उनीहरूको बदमासी रोक्न टेरामक्सको आवश्यकता परेको दाबी गरेको छ।
काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने दाबी गरेका छन्।
टेरामक्स प्रणाली जडान गर्दा प्रयोगकर्ताको विवरण तेस्रो पक्षसँग जाने टेलिकम कम्पनीले गुनासो गरिरहेको बेला आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले सरकारले टेरामक्समार्फत व्यक्तिगत डेटा संकलन नगर्ने प्रस्टीकरण दिएका हुन्।
उनले प्राधिकरणले टेलिकम कम्पनीले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले उनीहरूको बदमासी रोक्न टेरामक्स आवश्यकता परेको जिकिर गरे। “टेलिकमको डेटा प्रयोग भएर पनि ठगी भएको विषयलाई रोक्न टेरामक्स आवश्यक भएको हो। टेरामक्समा फोन ट्यापिङ हुने एक्सिस छैन। टेरामक्सले व्यक्तिगत डेटा क्याप्चर गर्दैन,” उनले दाबी गरे।
उनले टेलिकम कम्पनीले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको बताए। टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो कि भएन भनेर समग्रमा हेर्ने भएकोले व्यक्तिगत डेटा दुरुपयोग हुन नसक्ने उनको जिकिर छ।
उनले टेलिकम सेक्टरमा सन् २०१७ को जनावरीदेखि नेपालमा फोरजी सेवा लन्च भएको बताए। उनले फोरजी सेवा बिस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको बताए। उनले त्यसबीचमा फोनको पैसा,एसएमएसको पैसा घटेको र सिम बिक्री पनि बढेको तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजस्व घटेको दाबी गरे। उनले यसरी टेलिकमको राजस्व घट्दै गए नेपालको टेलिकम्युनिकेसन कोल्याप्स हुनसक्ने जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
