कृष्णकुमारी राईले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन्।
संखुवासभा– संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ। कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ।
उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ। अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ। अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन्।
उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन्। सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीको छ। बर्सेनि ग्रामीण भेगको जंगलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट दुर्गम भेकका स्थानीयको अल्लो व्यवसायबाट जीविकोपार्जनको प्रमुखस्रोत भएको उनको भनाइ छ।
जिल्लाको माथिल्लो भेगमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्ला देश तथा विदेशसम्म चिनाएको छ। अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो। संखुवासभामा त अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ। बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरूप लगिदिने चलन छ। जिल्लामा तीन दर्जन बढी अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा छन्।
अल्लो खेती २०४६ देखि व्यावसायिक रूपमा गर्न थालिएको हो। स्थानीय संस्कृतिसँग जोडिएको अल्लो उत्पादनको प्रवर्द्धन र विकास भइरहेको छ। पछिल्लो समयमा स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालय तथा देश विदेशका संघसंस्थाबाट सहयोग र प्रवर्द्धनका कार्यक्रमले तीव्र विकासमा सहयोग पुगेको छ। अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ। यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हुँदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ।
अल्लोको कोट तीन हजार रुपैयाँ, टोपी पाँच सय, सल सात सय, स्यान्डल पाँच सय, इस्टकोट एक हजार पाँच सयमा बिक्री हुन्छ। मफलर, पर्स, चस्मा, ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड झोला बनाउन अल्लो प्रयोग गरिन्छ। यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ। गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै विराटनगरबाट काठमाडौँसम्मका डिपार्टमेन्टल, मिनी सुपर मार्केटमा पर्याप्त पाइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
