दशैँका लागि अग्रिम टिकट बुकिङ खुला, गाेंगबुस्थित बसपार्कमा भिड (तस्वीरहरू)

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ।

काठमाडाैँ– दशैँका लागि अग्रिम टिकट बुिकङ खुलेकाे  छ। काठमाडाैँबाट बाहिरिनेहरूका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएकाे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ।

यसपालि अलि ढिलाे गरी टिकट बुकिङ खुला गरिएकाे हो। गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ। हरेक वर्ष दशैँतिहार र छठ पर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन्।