आफन्तले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर इजरायलको द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
काठमाडौँ– प्यालेस्टिनी सैन्य समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि उत्पन्न द्वन्द्वको चपेटामा परेका विद्यार्थीलाई तत्काल उद्धार गर्न आफन्तहरूले सरकारसँग आग्रह गरेका छन्।
सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहित नौ जना विद्यार्थीहरूलाई तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन्।
हमासले आक्रमण गरेको गाजा क्षेत्रनजिकै रहेका उनीहरू आक्रमणको चपेटा पर्ने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा विष्टले बताइन्।
सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए। उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने चन्द्राको भनाइ छ।
“छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन्। फोन गरिरहेका छन्। सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेऊ सरकार,” उनले भनिन्।
पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्कसमेत गराएका थिए। सरकारले द्वन्द्वमा निधन भएको शव र फसेकाहरूको उद्धारका लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरेको छ। सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
