देशभर पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको व्यावसायीहरूले बताएका छन्।
चितवन– सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने किसान यो व्यवसायबाट विस्थापित भएका छन्। ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन्।
उनीहरूलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ। बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन्। उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका कुनै समय अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए।
यो संख्या घटेर अहिले चार हजारभन्दा तल छ। “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन्,” उनले भने। देशभरमा पोल्ट्री व्यवसाय धराशायी हुने अवस्थामा पुगेपछि व्यवसायी विनोद पोखरेलले आफ्नो अगुवाइमा नेपाल लेयर्स कुखुरापालक संघ गठन गरे।
पोखरेलको समूहले देशका सबै जिल्लामा पुगेर अण्डाको बजारीकरणसँगै सचेतना जगाउने काम गर्यो। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा चार लाख लेयर्स कुखुरा पाल्दै आएका पोखरेल भन्छन्, “टिक्नका लागि हामी संगठित भएर लागेका हौँ। बाहिरबाट देखिएजस्तो अवस्था छैन।”
वर्षौँदेखि नोक्सानमा काम गर्नुपर्दा धेरै विस्थापित भएको र रहेकाहरू ऋणमा टिकेको उनको भनाइ छ। “अहिले अण्डाको लागत मूल्य प्रतिगोटा १७ रुपैयाँ हुन आउँछ। किसानले हाल १३ रुपैयाँ हाराहारी मात्रै पाएका छन्,” उनले भने, “लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि धेरै कसले गर्छ व्यवसाय?”
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लेयर्स कुखुरा फार्म, ह्याचरीसहित पोल्ट्रीसँग सम्बन्धित किसान र व्यवसायी धेरैजसो विस्थापित भएको बताउँछन्। कोभिडअघिसम्म दैनिक ५५ लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा अहिले ३० लाख हाराहारीमा झरेको उनको भनाइ छ। देशभर पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको यो व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।
३४८ ह्याचरी घटेर १२० मा झरेको पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले बताए। भएकाले पनि क्षमताको आधाभन्दा कम उत्पादन गरिरहेको उनको भनाइ छ। “पछिल्ला वर्षमा पोल्ट्रीसँग सम्बन्धित सबै उद्योग धराशायी बन्दै गएका छन्,” उनले भने, “राज्यले नहेर्ने हो भने केही समयपछि नै व्यवसाय बन्द हुने अवस्था आउँछ।”
बैंकको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै उनले समयमा सुधार हुन नसके कुल ग्रार्हस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने बताए। पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट राज्यले व्यावसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको बताउँछन्। भन्छन्, “सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पुर्याएका छौँ, हाम्रा कुरा कसैले सुनेन।”
नेपालको पोल्ट्री क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। समयमा नै राज्यले सम्बोधन गर्न नसकेमा व्यवसाय समाप्त हुने अध्यक्ष विष्टले बताए।
“पोल्ट्री व्यवसाय धराशायी भए एकातर्फ आयातमा भर पर्नुपर्ने छ भने अर्कातर्फ रोजगारीका अवसरसमेत गुम्छन्, उनले भने, “यो व्यवसाय जोगाउने वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
