इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो।
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर)का लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न भनेको हो। भिसा समेत प्राप्त गरिसकेका उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो।
इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण १० जना नेपाली विद्यार्थीहरूको ज्यानसमेत गएको छ। केही घाइते छन्। इजरायलमा अझै पनि अवस्था सामान्य हुन सकेको छैन।
त्यहाँकाे शान्ति सुव्यवस्था सामान्य भएपछि वैदेशिक रोजगारीसम्बन्धी थप प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
