नेप्से १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा सीमित, १ अर्बको कारोबार

मंगलबारको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ।

काठमाडौँ– यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घटेर एक हजार ८८९.५९ को बिन्दुमा कायम भएको छ।

मंगलबार विभिन्न २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ मा कारोबार भएका छन्। मंगलबार सबै समूहको उपसूचकमा रातो देखिएको छ। सबैभन्दा धेरै जलविद्युत् समूह १.७९ र निर्जीवन बीमा समूह १.६९ प्रतिशतले घटेको छ।

मंगलबारको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको २० करोड ३७ लाख ९४ हजार ९९१ रुपैयाँ बराबरको चार लाख ३३ हजार ५४७ कित्ता शेयर किनबेच भएको छ।