कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए।
काठमाडौँ– नेपाली कांग्रेसले इजरायलको द्वन्द्वको चपेटामा परेका नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए। युद्धमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी गरेर उनको स्थिति सार्वजनिक गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
“जो मानिसहरू बेपत्ता भएको अथवा सम्पर्कमा नरहेको अवस्था छ, तत्काल उहाँहरूको खोजी गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्ने र नेपाल आउन चाहने नागरिकहरूलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको आवश्यक व्यवस्था मिलाउनका लागि आजको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ,” उनले भने।
बैठकले इजरायलमा जोखिममा परेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले इजरायलमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
