अर्थमन्त्री महत र आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डोबीचको भेटवार्ताका क्रममा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको बताइएको छ।
काठमाडौँ– विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको छ।
अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री महत र उपाध्यक्ष रिकार्डोबीचको भेटमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरूमा विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको हो।
अर्थमन्त्री डा. महतले नवीनतम वित्तीय उपकरणमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पुँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नुपर्ने विषयमा जोड दिए।
खासगरी विदेशी विनिमय जोखिमको कारणले आइएफसीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसीले आइडीएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो)लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्विटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए।
बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा पेस गर्न लागेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
साथै, स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए। अर्थमन्त्री महतले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरे।
आइएफसीका उपाध्यक्ष रिकार्डोले नेपालले लगानीको प्रवर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको सह्राना गरे। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउँदै राष्ट्र बैंकले प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे।
सो अवसरमा अर्थमन्त्री महतको आईएमएफ तथा विश्व बैंक दक्षिण पूर्वएशिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग पनि द्विपक्षीय हितका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
