जेलभित्र मृत्यु भएका उनले पक्राउ पर्नेबेला आफ्नाे परिचय लुकाएका कारण उनकाे परिवारलाई भेटाउन सकिएकाे थिएन।
अमेरिकाको पेन्सिल्भानियाका स्टोनम्यान विलीको सन् १८९५ मा निधन भएको थियो। १२८ वर्षपछि बल्ल गएको शनिबार उनको अन्तिम संस्कार गरियो।
पाकेटमारी तथा चोरीको आरोपमा उनी जेल परेका थिए। 'किड्नी फेल' भएका कारण उनको जेलमै मृत्यु भयो। कारागार प्रशासनले उनको परिवारलाई खोज्यो तर भेटाएन। पक्राउ परेका बेला उनले आफ्नो वास्तविक परिचय लुकाएर अर्कै नाम बताएका थिए। त्यसकारण त्यतिबेला उनको परिवार भेटाउन सकिएन। त्यसपछि उनलाई स्थानीय शवदाह गृहमा पुर्याइयो।
शवदाह गृहले उनीमाथि नयाँ प्रयाेग गर्याे। विभिन्न रसायनको प्रयोग गरेर उनको शरीरलाई सुकाइयाे। अर्थात् ‘ममिफाइड’ गरियाे। त्यसपछि उनलाई टक्सिडो, पाइन्ट लगाएर सजाएर राखियाे। लामो समयसम्म उनी यस्तै अवस्थामा रहे।

स्टोनम्यान पेन्सिल्भानियाको रिडिङका नागरिक भएकाे र उनकाे वास्तविक नाम जेम्स मर्फी भएकाे पुष्टि भएपछि शवदाह गृहले अन्तिम संस्कार गर्ने निर्णय गर्याे। उनीमाथि गरिएकाे प्रयाेग पनि सफल भएकाे शवदाह गृहले जनाएकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
