चीनसँगको सीमावर्ती गाउँ हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।
सङ्खुवासभा– सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ।
नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथांकाबाहेक सबै वडामा सम्पर्कविच्छेद भएको छ। असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको थियो।
हिमाली भेगमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको अध्यक्ष भोटेको भनाइ छ। टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।
अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए। टावर मर्मतका लागि प्राविधिक खटाइसकेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
