इजरायलको आक्रमणमा हमासका अर्थमन्त्री अबु शमाला र वरिष्ठ योजनाकार जकारिया अबु मुअम्मरको मृत्यु भएको छ।
इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको मृत्यु भएको छ।
मंगलबार दक्षिणी गाजापट्टीमा भएको आक्रमणमा नेतमहरू जकारिया अबु मुअम्मर र जवाद अबु शमालाको मृत्यु भएको इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले बताए।
शमाला हमासका अर्थमन्त्रीसमेत रहेका थिए। उनले गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजनमा उनको भूमिका थियो।
यस्तै, इजरायली सेनाले अर्का नेता अबु मुअम्मरलाई आन्तरिक सम्बन्ध कार्यालयको प्रमुख, हमासको वरिष्ठ योजनाकार र गाजामा सशस्त्र समूहबीच समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ।
प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७८८ पुगेको छ। चार हजार १०० घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
