इजरायलमा ज्यान गुमाएका आनन्द साहको परिवारलाई मधेश सरकारले ५ लाख दिने

प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० नेपाली युवाको मृत्यु भएको थियो।

जनकपुरधाम– मधेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ।

पीडित परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।

प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा साहसहित १० नेपाली युवाको मृत्यु भएको थियो।