झापामा मृत भेटियो जंगली हात्ती

सिमसारको दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ। 

झापा– भद्रपुर नगरपालिका–२ स्थित रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।

सिमसारको दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले जानकारी दिइन्।

उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ।

अनुसन्धानका लागि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली बोलाइएको छ।

उक्त टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने गिरीले बताइन्।