राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई प्रतिवादी बनाइएको छ।
काठमाडौँ– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा दोस्रो पटक मुद्दा दायर गरेको छ।
काठमाडौँ जिल्ला अदालतमा बुधबार चारजनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित ४ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो।
सीआईबीको रायअनुसार चारजनालाई नै प्रतिवादी बनाएर मुद्दा दायर भएको हो। राहुलसँगै चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। दावा ६१ किलो सुन प्रकरणमा पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा छन्।
राहुल महरालाई भने सीआईबीले गत भदौँ ३१ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो। यसअघि पहिलो चरणको अनुसन्धानका क्रममा सीआईबीले विमानस्थल भन्सारका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यावसायी वेदप्रकाश अग्रवाल, भारतीय व्यापारी साहेब राव पाण्डुरङ मरगले अमृत कार्की र पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेको थियो।
उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
