चीनले आगामी हप्ता ‘बेल्ट एन्ड रोड फोरम’ आयोजना गर्ने, पुटिन पनि सहभागी हुने

चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन्।

तस्वीर: भीसीजी

चीनले आगामी हप्ता तेस्रो ‘बेल्ट एन्ड रोड फोरम’ आयोजना गर्ने भएको छ।

अक्टोबर १७ र १८ मा बेइजिङमा हुने कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत सहभागी हुनेछन्। 

यस कार्यक्रममार्फत चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औँ वार्षिकोत्सव मनाउने छ। चीनले मंगलबार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो। उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो।

चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन्।