शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषकले लगाएको उखुबाली जंगली हात्तीले सखाप पारेको छ। एकै रातमा आफ्नो डेढ लाख रुपैयाँको उखु नष्ट गरिदिएको स्थानीय रामकृष्ण रानाले बताए।
कञ्चनपुर– बैंकबाट ऋण निकालेर लगाएको उखुबाली जंगली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना चिन्तित छन्। उनले कृषि विकास बैंकबाट १० लाख ऋण लिएर डेढ बिघा जग्गामा उखुखेती गरेका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले त्यसमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ। “हात्तीले २०० क्विन्टल उखु गए राति मात्रै खाएर नोक्सानी पुर्याएको छ,” उनले भने, “डेढ लाख घाटा बेहोर्नुपर्यो।”
तीनवटा छावासहित १० बढीको संख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेपछि ज्यानकै जोखिम बढेको अर्का स्थानीय नन्दरानी रानाले बताइन्।
“हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रिए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो भएकाले सबै नष्ट गरिदिए,” उनले भनिन्। रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान हात्तीको बथानले खाएर नोक्सानी गरेको छ। ७ नम्बर वडा सिमलफाँटाका गंगादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ।
“पाँच कठ्ठाको धानबाली हात्तीले सखाप पार्यो, जग्गामा लगाएको धानले छ महिना खानका लागि पुग्थ्यो,” उनले भने, “अब वर्षभरिका लागि धान खरिद गर्ने अवस्थामा पुर्यायो।” भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनको भनाइ छ।
निकुञ्ज छेउकै बस्ती भएकाले हात्तीलगायतका जंगली जनावरबाट जहिल्यै पीडित हुनुपरेको उनको भनाइ छ। ६ नम्बर वडाका अध्यक्ष दानसिंह ऐरले जंगली हात्तीको बथानबाट किसानको बालीनाली जोगाउन संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताए।
“हात्तीको बथानले क्षति पुर्याएका क्षेत्रमा प्रहरीसहित पुगेर अनुगमन गरी क्षतिपूर्तिका लागि सर्जिमिन मुचुल्का तयार गरेका छौँ,” उनले भने, “राहत र क्षतिपूर्तिका लागि निकुञ्ज कार्यालय गुहारेका छौँ, ऐलानी जग्गाको हकमा वडा र नगरपालिकाबाट सक्दो राहत उपलब्ध गराउँछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
