चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
काठमाडौँ– द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार नेपाल वायु सेवा निगमको विमान त्यसतर्फ जाने भएको छ। निगमको विमान बुधबार राति ११ बजे उड्ने र यूएई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।
चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाइ छ। इजरायलमा जहाज पठाउने तयारी भइरहेको नेपाल सेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए।
असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो। आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ।
बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको दूतावासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
