बुधबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले कुन्द दीक्षितको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
काठमाडौँ– नेपाली खोज पत्रकारहरूको संस्था खोज पत्रकारिता केन्द्रमा आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको छ। केन्द्रको बुधबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले कुन्द दीक्षितको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू, महासचिवमा रामेश्वर बोहरा र कोषाध्यक्षमा रवीन सायमी सर्वसम्मतिबाट चुनिएका हुन्। यस्तै, तीन सदस्य चयनका लागि भएको मतदानबाट कृष्ण ज्ञवाली, नवीन झा र विद्या राई निर्वाचित भएका छन्। संस्थाको विधानअनुसार थप दुई सदस्य नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ।
निवर्तमान अध्यक्ष चन्द्रकिशोर झाको अध्यक्षतामा रहेको यसअघिको कार्यसमितिले दुई कार्यकालपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
