प्रवेश कटुवाललाई एन्फाले पाकिस्तानविरूद्धको एक मैत्रीपूर्ण खेलका लागि मात्रै कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो। तर, पनि दंग छन्। उनमा नेपाललाई जिताउने हुटहुटी छ।
काठमाडौँ– कतिपय चर्चित खेलाडी प्रशिक्षक बन्न असफल भएका छन्। तर, कतिपय छायामा परेका खेलाडी पनि सफल प्रशिक्षक बनेर उदाएका छन्। त्यसमध्ये एक हुन्, प्रवेश कटुवाल।
२०५१/५२ सालबाट फुटबल खेल्न थालेका प्रवेशले ५ वर्षको छोटो समयमै नेपालको यू–१७ टोली हुँदै यू–२३ मा स्थान बनाए। उमेर समूहको राष्ट्रिय टोलीबाट ७ क्याप जिते। तर, सिनियर राष्ट्रिय टोलीमा पर्न सकेनन्। तर, त्यही टोलीलाई प्रशिक्षण दिने तहसम्म पुगेका छन्।
प्रवेशको प्रशिक्षणमा नेपालले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ। एसियाली फुटबल महासंघ (एएफसी)को प्रशिक्षकको लाइसेन्स कोर्ष गरेका उनले मछिन्द्र फुटबल क्बललाई दुईपटक ‘ए’ डिभिजन लिगको उपाधि जिताए। सिनियर टोलीमा भने यो पहिलो प्रशिक्षण हो। प्रवेशलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाकिस्तानविरूद्धको एक मैत्रीपूर्ण खेलका लागि मात्रै कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो। तर, पनि दंग छन्। उनमा नेपाललाई जिताउने हुटहुटी छ।
सुखद् नतिजा निकाल्ने जिम्मेवारीसहित मैदान उत्रने तयारीमा छन्। मंगलाबार दंशरथ रंगशालामा भेटिएका प्रवेशले यही कुरा दोहाेर्याए। ‘राष्ट्रिय टोलीको प्रशिक्षक बन्दा खुसीको सिमानै रहेन। कुनै पनि प्रशिक्षकको चाहाना क्लबदेखि राष्ट्रिय टोलीसम्म हेर्ने इच्छा हुन्छ। त्यो पूरा भएको छ”, उनले भने, “छोटो समय भएपनि मौकालाई खेर जान दिनुहुँदैन भनेर यो जिम्मेवारी लिएको हुँ।”
प्रवेशले २२ वर्ष अगाडि भियतनाममा आयोजना भएको एएफसी यु–१७ च्याम्पियनसिप छनोट टोलीमा स्थान बनाएका थिए। सोही च्याम्पियनसिपको माल्दिभ्सविरुद्धको खेलमार्फत् उमेर समूहको राष्ट्रिय टोलीमा प्रवेश गरेका उनले त्यसपछि पडाडि फर्कन परेन। मिडफिल्डमा जम्न सफल भएका प्रवेशले त्यसपछि भारतको कलकत्तामा आयोजना भएको ‘अल एयरलाइन्स गोल्डकप’ खेलेका थिए। उनले सन् २००३ मा २३ वर्षमुनिको टोलीबाट ओलम्पिक क्वालिफाइड राउन्ड पनि खेले।
त्यतिमात्रै होइन २००४ मा नवौँ साफ गेम खेल्न उनी पाकिस्तान पनि गए। तर, भुटानविरुद्ध अतिरिक्त खेलाडीका रूपमा छोटो समय मैदानमा बिताए। त्यसपछि सिनियर टोलीमा भने पर्न सकेनन्। राष्ट्रिय टोलीमा उपलब्धिमूलक नतिजा हात पार्न नसकेपनि क्लब करिअर भने सफल नै मान्न सकिन्छ। २०५५ सालमा न्यूरोड टिम (एनआरटी)बाट क्लब फुटबल यात्रा थाले। थ्री–स्टारबाट २०६१ सालमा ‘ए’ डिभिजन लिग जित्न सफल भए।
त्यसपछि मनाङ मर्स्याङ्दी, रानीपोखरी कर्नर टिम (आरसीटी), मछिन्द्र फुटबल क्बल र झापा ११ बाट खेले। खेलाडी यात्रालाई बिट मार्दै प्रवेश प्रशिक्षणमा होमिए। झापाबाट खेल्दै गर्दा उनले २०७२ तिर नै ‘सी’ लाइसेन्स लिइसकेका थिए। त्यसको दुई वर्षपछि ‘बी’ हुँदै चार वर्षमै ‘ए’ लाइसेन्स पाउन सफल भए। ऋनि मछिन्द्रबाट नै प्रशिक्षण शुरू गर्ने अवसर पाए। अघिल्लो सिजन रेलिगेसन जोनमा परेर एक अंकले बचेको क्लबलाई उपाधि नै दिलाएर चौतर्फी चर्चा कमाए।
यही सफलतालाई २०७८ को लिगमा पनि दोहाेर्याएर लगातार दुईपटक ‘ए’ डिभिजन लिग जित्ने प्रशिक्षक बनेका छन्। क्लबलाई प्रशिक्षण दिनु र राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनुमा धेरै अन्तर रहेको उनी बताउँछन्। “कम समयमा मै राष्ट्रिय टोली बनाउनुपर्ने चुनौती थियो। सबैलाई समेटेर टोली बनाएर प्रशिक्षण दिन निकै गाह्रो भयो”, उनले भने।
प्रवेशको प्रशिक्षणमा नेपालले बुधबार दशरथ रंगशालामा आफ्नो ५०औँ खेल खेल्दै छ। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो। त्यसैले पनि प्रवेश खेललाई सम्झनलायक बनाउन चाहन्छन्। तर, पाकिस्तानविरूद्धको खेल प्रवेशका लागि त्यति सहज छैन। फिफाबाट ३ वर्षको प्रतिबन्ध भोगेर अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपालको चिरप्रतिद्वन्दी हो।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो। जुन खेल २–२ गोलको बराबरीमा सकिएको थियो। पछिल्लो पटक नेपालले पाकिस्तानसँग २०१८ मा खेलेको थियो। साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो। पाकिस्तानसँग यसअघि भएको १६ खेलमा नेपालले ४ मा मात्रै जित निकाल्न सकेको छ। बाँकी ७ खेलमा हार र ५ खेल बराबरीमा सकिएका छन्।
दशरथ रंगलामा मात्रै नेपाल र पाकिस्तानबीच ७ खेलमा भेट भएको छ। त्यसममा नेपालले दुई खेलमा मात्रै जित हात पार्न सकेको छ।प्रवेशले यो नतिजालाई पनि नजिकैबाट नियालेका छन्। उनी पाकिस्तानको कमजोर टिमवोर्कबाटै नतिजा निकाल्ने प्रयासमा रहेको बताउँछन्। “पाकिस्तानको राष्ट्रिय टिमले ३ वर्षबाट खेलेको छैन। त्यसैले हामी उच्च मनोबलका साथ मैदानमा उत्रदै छौँ। जित्ने लक्ष्य छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
दीप सुवेदी
