सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।
काठमाडौँ– सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ।
बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान बुधबार राति ११ बजे इजरायलतर्फ प्रस्थान गर्नेछ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरायलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।
असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो। महेन्द्रनगरका विपिन जोशी सम्पर्कविहीन छन्। निधन भएकाहरूकाे शव भने अहिले नै ल्याउन नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
