नेपाल फर्किन लागेका कास्कीका सुरज भण्डारीले नेपाल एअरलाइन्सकाे जहाज विमानस्थलमा अवतरण गरिसकेको र आफू जहाज नजिक पुगेको जानकारी दिएका छन्।
काठमाडाैँ– नेपाल एअरलाइन्सको जहाज इजरायलको तेलअविव विमानस्थलमा अवतरण गरिसकेको छ।
स्वदेश फर्किन चाहेका नेपाली नागरिकलाई ल्याउन जहाज बुधबार राति इजरायलको लागि उडेको थियो। दुबईलाई ट्रान्जिट बनाएर जहाज केही समय अगाडि इजरायलको तेलअविवस्थित विमानस्थलमा अवतरण गरेको हो।
नेपाली नागरिक स्वदेश फर्किनको लागि उक्त विमानस्थलमा लाइन लागेका छन्। नेपाल फर्किन लागेका कास्कीका सुरज भण्डारीले नेपाल एअरलाइन्सकाे जहाज विमानस्थलमा अवतरण गरिसकेको र आफू जहाज नजिक पुगेको जानकारी दिएका छन्।
उनले उडानको टिकटसहित विमानस्थलको धावनमार्ग नजिक आफू पुगेको तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, "हामी नेपाल एअरलाइन्सको समिपमा पुगिसकेको छौँ। अबको केही समयपछि मात्र उडान भर्ने तयारी रहेको छ।"
सरोजसहित स्वदेश फर्कन इजरायलको तेलअविव विमानस्थलमा २५० जना नेपाली पुगेका छन्। विमानस्थलमा अहिले पासपोर्ट सङ्कलन भइरहेको छ। सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एअरलाइन्सको जहाज पठाएको हो। घर फिर्तिका लागि ३५० जनाको विवरण प्राप्त भएकामा २८८ जनाले नेपाल फर्कने इच्छा व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। २५० सिट क्षमताको विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकताअनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ।
गएकाे शनिबार प्यालेस्टिनी विद्राेही समूहकाे आक्रमणमा परी गाजा नजिकका क्षेत्रमा कार्यरत १० जना नेपाली कृषिका विद्यार्थीले ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए। त्यस नजिकका क्षेत्रमा रहेका अन्य विद्यार्थीहरू उद्धारकाे प्रतिक्षामा थिए। उनीहरूलाई उद्धार गरेर मंगलबार सुरक्षित स्थानमा सारिएको थियाे।
मृतककाे शव भने अहिल्यै ल्याउन नमिल्ने भएको छ। इजरायल सरकारकाे आफ्नै प्राेटाेकलका कारण ज्यान गुमाएका नेपालीकाे शव तत्काल ल्याउन नसकिने परारष्ट्र मन्त्रालयले जनाएकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
