कास्की–३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध माछापुच्छ्रे सञ्चार सहकारीको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ।
पोखरा– कास्की–३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। बरालविरुद्ध माछापुच्छ्रे सञ्चार सहकारीको रकम हिनामिना गरेको भन्दै उजुरी परेको हो।
युवा तथा साना व्यावसायी स्वरोजगार कोषले कालोसूचीमा राखेका कारण बरालको उम्मेदवारी खारेज हुनुपर्ने मागसहित पोखरा–२४ का बोधराज सुवेदीले उजुरी दिएका हुन्। कार्यालयमा दर्ता भराएको उजुरीमा बरालले कोषमा बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएको उल्लेख छ।
“कोष सञ्चालन नियमावली, लगानी निर्देशिका, कोष र सहकारीबीच भएको सम्झौता एवं लिखत तमसुक र कोषको २०७३ असोज २१ को निर्णयबमोजिम बुझाउनुपर्ने रकम बरालले नबुझाएकाले उनलाई कोषले २०७६ बैसाख १ मा कालोसूचीमा राखेको छ”, उजुरीमा भनिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड ९ मा कालोसूचीमा रहेका व्यक्ति सो अवधिभर निर्वाचनमा उमेदवार हुन अयोग्य रहने उल्लेख छ। माओवादी नेता बराल सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
