माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्र चलायमान गराउन र निजीक्षेत्रको मनोबल बढाउन सरकारले कडा कदम चाल्न आवश्यक रहेको बताए।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नेपालको अर्थतन्त्र अझै चलायमान हुन नसकेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले अर्थतन्त्र चलायमान गराउन र निजीक्षेत्रको मनोबल बढाउन सरकारले कडा कदम चाल्न आवश्यक रहेको बताए।
“लगानी ल्याउने वातावरण सहज होस् भन्न चाहन्छु। हाम्रो आर्थिक अवस्था के हो अर्थ मन्त्रालयले समग्र सरकार र मन्त्रिपरिषद्ले यसबारे बोल्नु पर्छ। हाम्रो अर्थतन्त्र चलायमान हुन सकेको छैन, समस्याहरू धेरै छन्,” उनले भने, “एउटा बोल्ड कदमको आवश्यकता छ। जसले अर्थतन्त्र चलायमान गराउन सकोस्, निजी क्षेत्रको मनोबल बढाउन सकोस्।”
गैरआवासीय नेपाली नागरिकता प्रदान गरे तापनि कानूनी स्पष्टता आवश्यक भएको बताए। उनले गैरआवासीय नेपाली नागरिकतामा आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरू जारी गर्न सरकारलाई ध्यानाकर्षण गराए।
“गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको छ सरकारले त्यसलाई कानूनी रूपले कसरी प्रयोग गर्ने भन्ने अस्पष्टता अझै पनि रहेका छन्,” उनले भने, “त्यसतर्फ सरकारले आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरू छिटै जारी गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
