ईयूले सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन्।
मोरक्को– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू)का आयुक्तसँग नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन्। अर्थमन्त्री महतले साइडलाइन वार्ताका क्रममा ईयूका आयुक्त जुत्ता उर्पियालिनेनलाई नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन र आर्थिक सहायता बढाउन आग्रह गरेका हुन्।
सन् २०१३ देखि ईयूले नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन्। ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो। २०७९ फागुनमा ईयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो। तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि ईयूको टोली नेपाल अनुगमनमा आएन।
गत साउन र भदौमा ईयुको हवाई सुरक्षा कमिटीले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाका विषयमा स्थलगत अध्ययन गरेको छ। गत वर्ष नोभेम्बरमा ईयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनी हवाई सुरक्षा चासोमै थिए।
हरेक ६ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गरेका हुन्। अर्थमन्त्री महतसँगको भेटका क्रममा ईयूका आयोक्त उर्पियालिनेनले नेपालमा रहेको दूतावासमार्फत काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने प्रतिबद्धता जनाइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
