इजरायली आक्रमणमा १ हजार ५०० प्यालेस्टिनीको मृत्यु, गाजामा ४ लाख विस्थापित

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा छ हजार २६८ जना घाइते भएका छन्। 

तस्वीर: एएफपी

गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या एक हजार ५०० पुगेको छ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अन्य छ हजार २६८ जना घाइते भएका छन्। 

इजरायलले शुक्रबार पानि गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। निरन्तरको आक्रमणपछि गाजापट्टीका चार लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएको द गार्डियनले जनाएको छ। 

हमासले शनिबार गरेको आक्रमण गरेपछि इजरायलमा युद्ध चर्किएको छ।