शुक्रबार बिहान लागेको आगो नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको छ।
नेपालगन्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित वीपीचोकमा शुक्रबार बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ।
विद्युत् चुहावट भएर आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसल जलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पसलमा रहेका अधिकांश सामान जलेर नष्ट भएको र क्षतिको विवरण संकलन भइरहेको डीएसपी नारायण डाँगीले बताए।
बिहान लागेको आगो नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
