तीर्थयात्री कम हुँदा म्याग्दी र मुस्ताङका होटल, यातायातदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ।
म्याग्दी– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरोहित श्याम रिजाललाई विगतमा वर्ष सोह्र श्राद्धको अवधिमा भ्याइनभ्याइ हुन्थ्यो। तर, उनी यसवर्ष भने फुर्सदिला छन्।
“सोह्र श्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्ध स्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ,” उनले भने, “भक्तजन कम हुँदा हामीलाई पनि कामको चाप छैन।”
दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको संगमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराणलगायतमा उल्लेख छ। सोह्र श्राद्धमा कागबेनीमा नै पुगेर दिवंगत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजन घटेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताए।
“यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्,” उनले भने, “अब औँसीमा आए भने मात्रै नत्र खासै आएनन्।”
सोह्र श्राद्धको शुरूमै बेनी–जोमसोम सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा गलत सन्देश प्रवाह हुनु, बाढीले कागबेनीमा भौतिक संरचनामा क्षति पुर्याउनु र आर्थिक क्षेत्रमा देखिएको समस्याको असर भक्तजन आगमनमा परेको उनले बताए।
सोह्र श्राद्धमा भक्तजन र तीर्थयात्रीले भरिभराउ हुने होटल र धर्मशाला यसपालि सुनसान रहेको जोमसोमका होटल व्यवसायी बमप्रसाद गौचनले बताए। “पहिले तीर्थयात्री धेरै आउँदा होटलमा बास नपाएर ‘डाइनिङ हल’मा सुत्ने गर्थे,” उनले भने, “यसपालि भएका कोठा पनि रित्ता भए।”
यसले म्याग्दी र मुस्ताङको होटल, यातायातदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ।
मुस्ताङ भ्रमणमा समस्या नरहेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक धारा गुरुङले बताए। डोजरले बाढी पन्छाएर अस्थायी श्राद्धस्थल बनाएको उनको भनाइ छ। “अस्थायी रूपमा श्राद्ध गर्ने ठाउँ बनाएका छौँ, पिण्डदान गर्न कुुनै समस्या छैन,” उनले भने, “बेनी–जोमसोम सडकको अवस्था पनि सहज छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
