शेखर समूहले एमालेसँग मिलेर गरेको विद्रोहबारे निर्णय गर्न कांग्रेसले प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
काठमाडौँ– नेपाली कांग्रेसले कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर गरेको विद्रोहबारे धारणा बनाउन प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाइएको महामन्त्री भूपेन्द्र राईले बताए।
विराटनगरस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा गठबन्धनको निर्णयविपरीत शेखर समूहले गरेको विद्रोहबारे छलफल र निर्णय हुने उनको भनाइ छ।
बिहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेको थियो। त्यसपछि आठ जना प्रदेशसभा सदस्यले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए। आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा शुक्रबार अपराह्न पाँच बजे सकिँदै छ।
कोशीमा यसअघि संविधानका सबै उपधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
