कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका विषयमा बैठकमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ।
शुक्रबार बिहान केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ।
“राप्रपाले कोशीको विकसित राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको छ। त्यहाँ दुवै पक्षले बहुमत दाबी पेस गरेका छन्। त्यसमा राप्रपाले केही गर्नै परेन,” उनले भने, “विश्वासको मत लिनेबेला हाम्रो आवश्यकता भयो भने सोचौँला।”
बिहीबार सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेको थियो।
त्यसपछि कांग्रेसका केदार कार्कीले आफ्ना पार्टीका आठ सांसदसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा शुक्रबार अपराह्न पाँच बजे सकिँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
