राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

मस्यौदा समितिले राष्ट्रियसभा तथा समिति सञ्चालनका क्रममा देखापरेका कठिनाइ पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गर्नेछ। 

काठमाडौँ– राष्ट्रियसभा नियमावली, २०७५ संशोधन गर्न मस्यौदा समिति गठन भएको छ। 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। समितिमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा सदस्य छन्। 

त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा, मोहम्मद खालिद, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि समितिको सदस्य रहेका छन्। 

मस्यौदा समितिले राष्ट्रियसभा तथा समिति सञ्चालनका क्रममा देखापरेका कठिनाइ पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गर्नेछ। 

सदस्य मध्येबाट एकजना सभापति चयन हुने र कार्यविधि बनाउने बताइएको छ। मस्यौदा समितिलाई पुस १४ गते सम्मको कार्यावधि दिइएको छ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा समितिको २०७०/८० को वार्षिक प्रतिवेदनसमेत पेश गरेकी थिइन्।