भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताएका छन्।
चितवन– स्वास्थ्य बीमा उपचार सुविधा भएका चितवनका दुई अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा चाप बढेपछि स्वास्थ्य बीमाका बिरामीले भर्ना पाउन छाडेका हुन् ।
यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ। यी दुई अस्पतालमा आकस्मिक (इमर्जेन्सी) र बहिरंगमा समेत बिरामीले भरिने गरेका छन्।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताए। “हामीकहाँ आएका सेवाग्राहीलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौँ,” उनले भने, “विगत केही दिनदेखि आकस्मिकदेखि सबै (६००) शय्या नै भरिएका छन्।”
अस्पतालमा स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन्। पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताए। “सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौँ,” उनले भने। अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन्। बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन्। दैनिक बहिरंग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्छन्।
दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलले बताए। अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा नभएर रिफर माग्ने गरेको उनले जानकारी दिए। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन्। त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन्। बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन्। अन्य जिल्लाबाट समेत बीमाका बिरामी भएर आउने गरेका छन् ।
अस्पतालका अतिरिक्त निर्देशक डा मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएको छैन। शिक्षण अस्पतालमा ५५० शय्या सञ्चालनमा छन्। तीमध्ये ९० वटा सघन उपचार कक्ष छन्। नवजात शिशुदेखि वृद्ध वृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष छन्।
“अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो,” उनले भने। स्वास्थ्य बीमा गरेकाहरू सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन्। आर्थिक रूपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ। मौसम परिवर्तनसँग मौसम ज्वरो, डेंगी, स्क्रबटाइफस लगायतका बिरामीको संख्या बढेको छ।
पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्छन्। अस्पतालमा चितवनसहित देशभरबाट बिरामी आउने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
