कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले मुख्यमन्त्री दाबी गरेका केदार कार्की र उनलाई समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।
विराटनगर– नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिले मुख्यमन्त्री दाबी गरेका केदार कार्की र उनलाई समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।
शुक्रबार विराटनगरमा बसेको समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीको दाबीबाट पछि हट्न र समर्थन गर्ने सात जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो।
कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत गरेको छ। “केदार कार्की र उहाँलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सात सांसदलाई हस्ताक्षर फिर्ता लिन बैठकले अनुरोध गर्यो,” उनले भने।
पार्टीको केन्द्रीयस्तरबाट थप केही निर्देशन आए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको जनाइएको छ। ३१ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १४ सदस्य उपस्थित थिए।
कांग्रेससहित गठबन्धन दलहरूले माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई समर्थन गरेपछि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थियो। विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले एमालेसहित कांग्रेसका सात जना सांसदहरूको समर्थनमा बिहीबार नै दाबी पेस गरेका थिए।
केन्द्रबाट पार्टीले गरेको निर्णयबाट असन्तुष्ट बनेको कांग्रेसको शेखर कोइराला पक्षले कार्कीलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको हो। पार्टीले गठबन्धन दलका एक जनालाई समर्थन गर्ने अनि प्रदेशस्तरमा आफ्नै नेताले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसमा विवाद चुलिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
