मुख्यमन्त्रीका दाबीकर्ताले ४७/४७ सदस्यहरूले समर्थन गरेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले सबै सांसदहरूलाई उपस्थित गराएर सनाखत गराउन लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूलाई सनाखतका लागि बोलाएका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी गरेका छन्। दुवैले ४७/४७ समर्थकको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति निकाल्दै शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म मुख्यमन्त्रीका दुवै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गर्ने सबै सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुन भनिएको जानकारी दिएका हुन्।
कोशी मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट आङ्बोले दाबी पेस गरेका हुन्। केन्द्रबाट भएको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता शेखर कोइराला पक्षका कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। कार्कीले कांग्रेसका सात र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन्। आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।
प्रदेशसभामा कांग्रेसका जम्मा २९ सदस्य छन्।
मुख्यमन्त्रीका दाबीकर्ताले ४७/४७ सदस्यहरूले समर्थन गरेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले सबै सांसदहरूलाई उपस्थित गराएर सनाखत गराउन लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कार्कीसहित आठ कांग्रेस सांसदहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग गर्दै माओवादी नेता आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन्। शुक्रबार नै कांग्रेस र एमालेका ४७ सांसद प्रदेश प्रमुख खापुङका अगाडि प्रत्यक्ष उपस्थित भएर कार्कीलाई आफूहरूको समर्थन रहेको भन्दै उनलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए।
गत शनिबार नेकपा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको हो। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
