कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए।
काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णयअनुसार इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। तर, कांग्रेस नेता कोइराला पक्षले असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीमा दाबी गरेको छ। कांग्रेस केदार कार्कीसहित आठ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। कोशी प्रदेशको पछिल्लो घटनाक्रमबारे निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादनको बैठक बोलाएको हो।
बैठकपछि सञ्चारकर्मी कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए। उनका अनुसार बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नेता कोइरालासँग सहमति जुट्ने नेताको नाम मागेका थिए। तर नेता कोइराला बैठकमा उपस्थित नभएका कारण निर्णय हुन नसकेको उनले बताए।
“हामी एक पटक पुनः नेता डा. शेखर कोइरालासँग छलफल गर्छौं। उहाँ आज बैठकमा आउने आउने भनेर आउनु भएन,” उनले भने, “हामीले नेता कोइरालालाई सोधेका थियौँ, उहाँले नाम दिनुभएको छैन। कोशी प्रदेश सरकार गठनको प्रक्रियालाई हामीले गम्भीरताका साथ लिएका छौँ।”
गठबन्धनमा पर्न सक्ने सम्भावित अप्ठ्यारोहरूलाई कसरी सजिलो बनाउने भन्ने बारेमा बैठकमा छलफल भएको उनको भनाइ छ। “गठबन्धनमा पर्न सक्ने सम्भावित अप्ठ्यारोलाई कसरी सजिलो बनाउने र गठबन्धन निरन्तर अघि बढाएर लिएर जाने, कोशी प्रदेशमा पनि गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने, निर्णय भएको छ,” उनले भने।
नेता विश्वकर्माले कोशी प्रदेशमा कांग्रेसका नेताहरूले गरेको विद्रोहलाई सामान्य रूपमा लिन नहुने बताए। शनिबार बैठक बसेर आवश्यकताअनुसार निर्णय लिइने उनको भनाइ छ। “२०५१ को अवस्था नै अहिले कता कता दोहोरिएको जस्तो लाग्छ। यसलाई सामान्य रूपमा लिन मिल्दैन। भोलि पनि बैठक बस्नेछ। व्यवस्थित रूपमा अघि बढ्नेछ,” उनले भने।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका आङ्बो र कार्कीलाई समर्थन गर्दै हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यलाई सनाखत गर्न प्रदेश प्रमुखको कार्यालयमा बोलाएका छन्। दुवै दाबीकर्ताले ४७/४७ सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेपछि सनाखतका लागि प्रदेशसभा सदस्यलाई डाकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेकपा एमालेका हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना देखेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङले एक साता समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा शुक्रबार ५ बजे सकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
