एमाले अध्यक्ष केपी शर्मा ओलीले इमान र सत्यको शत्रु आफ्ना विरोधी रहेका भन्दै समृद्धितर्फ अगाडि बढ्नेबित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताए।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राम्रो काम गर्नेबित्तिकै विरोधीको टाउको दुख्ने गरेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धितर्फ अगाडि बढ्नेबित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताएका हुन्।
‘हाम्रो विरोधी भनेकै इमानका शत्रु, सहीका शत्रु र न्यायका शत्रु हुन्। सबैमा समृद्धि होस् भन्नेबित्तिकै तिनीहरूको टाउको दुख्छ, पीर पर्छ। यो समाज पिरोलिएको, बिथोलिएको स्वार्थी पृष्ठभूमिबाट आएको थिचोमिचो दमनको पृष्ठभूमिबाट आएको समाज छ। यी चुनौतीलाई सामना गर्नुपर्छ,” उनले भने।
उनले विश्वबाट राजतन्त्र र अधिनायकवादीहरू समाप्त भइसकेको बताए। केही ठाउँमा अपवादका रूपमा रहेका राजतन्त्र जनताको शासन र लोकतन्त्र स्विकारेर बाँचेको उनको भनाइ छ।
“विश्वबाट राजतन्त्र समाप्त भयो। अधिनायकवादहरू समाप्त भए। केही ठाउँमा अपवादका रूपमा छन्। कुनै ठाउँमा राजतन्त्र छन् भने जनताको शासन र लोकतन्त्र स्विकारेर बाँचेका छन्। नत्र बच्न सक्दैन। कुनै पनि राजतन्त्र लोकतान्त्रिक पृष्ठभूमिबाट आएको हुँदैन,” उनले भने।
अध्यक्ष ओलीले जनवादी केन्द्रीयताबाहेक अर्को कुनै संगठनात्मक सिद्धान्तको निर्माण नभएको दाबी गरे। “जनवादी केन्द्रीयताबाहेक अर्को कुनै संगठनात्मक सिद्धान्तको निर्माण नै भएको छैन। अहिलेसम्म धर्तीमा जन्म भएको जनवादी केन्द्रीयता सिद्धान्त एकल हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
