भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका राहुल महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौँ– विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो।
अदालतले अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई धरौटीमा छोड्न आदेश दिएको छ। अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार राहुललाई पुर्पक्षका लागि थुनामा पठाउन र पौडेलको हकमा पाँच लाख धरौटी माग गरिएको हो। थुनछेक बहसपछि शुक्रबार न्यायाधीश शर्माको इजलासले यस्तो आदेश दिएको हो।
भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए। यो प्रकरणमा बुधबार चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको थियो। राहुललाई सीआईबीले गत भदौ ३१ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो।
सीआईबीको रायअनुसार चार जनालाई नै प्रतिवादी बनाएर मुद्दा दायर भएको हो। राहुलसँगै चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक पौडेल र दावा छिरिङविरुद्ध पनि मुद्दा दर्ता गरिएको थियो। दावा ६१ किलो सुन प्रकरणमा पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा छन्।
पहिलो चरणको अनुसन्धानका क्रममा सीआईबीले विमानस्थल भन्सारका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यवसायी वेदप्रकाश अग्रवाल, भारतीय व्यापारी साहेब राव पाण्डुरङ मरगले अमृत कार्की र पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेको थियो। उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
