कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

काठमाडौँ– नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। 

जसले गर्दा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

यसैगरी राति, पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ।