सोलुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

हेलिकप्टरमा पाइलट मात्रै थिए। उनी सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

फाइल तस्वीर: मनाङ एयर

काठमाडौँ– रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। 

९एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। यात्रु ल्याउन बिहान ७:१३ बजे उडेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको उनले बताए।

हेलिकप्टरमा पाइलट पिके सेढाईं मात्रै थिए। निरौलाका अनुसार उनी सुरक्षित रहेको र उनलाई अर्को काठमाडौँ ल्याइँदैछ।